Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

एमालेबाट एम अधिकारी गर्भनर नभएको स्पष्टीकरण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३०
एमालेबाट एम अधिकारी गर्भनर नभएको स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गर्भनर नरहेको स्पस्टीकरण दिएको छ ।

एम अधिकारी राष्ट्र बैङ्का गर्भनर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेको र नेकपा (माओवादी केन्द्र)ले यसै विषयमा उनको राजिनामा पनि मागेको छ ।

महाप्रसाद अधिकारीले भने आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसक्ने जनाए । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले पत्रको जवाफमा अर्थ विभागमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका हुन् ।

स्पष्टीकरण पत्रमा एम अधिकारी गर्भनर होइनन् भनिएको छ । सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा माग गरिरहेको अवस्था छ ।

Top Changing Nepal

युट्युब सट्स