प्रश्नपत्र हुबहु बनाउनेले ३ वर्षसम्म त्रिविका क्याम्पसमा पढाउन नपाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउने शिक्षकहरुलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ ।
रजिष्ट्रारको कार्यलय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकाल्दै विश्वविद्यालयमा ती दुई प्रश्नपत्र निर्माणमा सहभागी शिक्षकहरुलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी नगराउने जनाएको छ । उनीहरुलाई ३ वर्षसम्म डीन कार्यलयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिवि अन्र्तगतका कुनै पनि आंगिक क्याम्पसहरुमा प्राध्यापन कार्यमा समेत संलग्न नगराउने विज्ञप्तिमा उल्लेख छ ।
बीबीए छैटौं सेमेष्टर अन्र्तगत असार २२ गते भएको ‘एमजीटी २०३ः अर्गनाईजेशनल बिहेभियर’ अन्र्तगतको परीक्षामा नीजि कलेज ‘मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बीबीए छैटौं सेमेष्टर अन्र्तगत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा पाँचौ सेमेष्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो ।
उक्त विज्ञप्तीमा अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको विषयहरुको लागि भने परीक्षा सम्बन्धी निर्देशिकामा समेत स्पष्टता नभएकोले यसपटकलाई प्रश्नपत्र निर्माण कार्यमा संलग्न विज्ञहरुलाई समेत गराउने उल्लेख छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
