त्रिविको प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही
काठमाडौं । देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले ‘प्रश्नपत्र बनाउने प्राध्यापकको लापरबाहीकै कारण प्रश्नपत्र हुबहु भएको’ प्रस्ट पारेका छन् ।
‘हुबहु प्रश्नपत्र प्रकरण’मा प्राध्यापक नै दोषी रहेको पाइएको बताउँदै उनले ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्ता समस्या देखिएको’ बताएका हुन् । त्रिवि शिक्षा तथा स्वास्थ्य समिति बैठकमा उपकुलपति बाँस्कोटाले ‘त्रिवि परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको’ पनि जानकारी दिए ।
त्रिविले प्रश्नपत्र हुबहु सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिकै सिफारिसमा तीन प्राध्यापकलाई कारबाही गरिएको उनले जानकारी दिए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
