एन्जल्स एसइई कप बास्केटबल भोलिदेखि, पहिलो र दोस्रोलाई छात्रवृत्ति
काठमाडौं । शनिबारदेखि एन्जल्स हार्ट मावि-कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता हुन लागेको छ ।
उक्त प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले बताए । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सेमिफाइनलमा रोकिने टिमलाई पनि नगद पुरस्कार छ । साथै, पहिलो हुनेलाई १०० प्रतिशत र दोस्रोलाई ७५ प्रतिशत छात्रवृत्ति एन्जल्स हार्टमा प्रदान गरिने जनाइएको छ ।
दुई दिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा खेलाइने जनाइएको छ ।एन्जल्स हार्ट एजुकेसन फाउन्डसेन प्रालिका अध्यक्ष लिलबहादुर पुनले सेमिफाइनलिस्ट र सहभागी टिमलाई पनि ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ६ हजार रुपैयाँ खर्च हुनेछ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
