काठमाडौं । आज शेयर बजारमा यस आर्थिक वर्षको कारोबार सकिएको छ । यस आर्थिक वर्षको व्याज पाउने भएकाले आजसम्मका ऋणपत्र खरिदकर्ताले आज सबैभन्दा धेरै ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
ऋणपत्र खरिदकर्ताले तोकिएको व्याज पाउनेछन् । जसकारण, आज सर्वाधिक धेरै बढ्ने कम्पनीको सूचिमा ऋणपत्र परेका छन् ।
आज ऋणपत्र बाहेक सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेको छ । लघुवित्तको शेयर ८.७१ प्रतिशतले बढेर १७६० रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा माछापुच्छ्रे बैंक रहेको छ । जहाँ शेयरमूल्य ८.५५ प्रतिशतले बढेको छ ।