व्यावसायिक धर्म ननिभाएको भन्दै पूजासँग निर्माताको गुनासो
काठमाडौं । अभिनेत्री पूजा शर्मामाथि व्यावसायिक धर्म निर्वाह नगरेको आरोप लागेको छ ।
फिल्म ‘सम्झना बिर्सना’ को निर्देशक निमेष प्रधानले पूजाले फिल्मलाई साथ नदिएको गुनासो गरेका छन् । फिल्म चलाउन दार्जिलिङबाट काठमाडौं आइपुगेका निर्देशक प्रधानले भने, ‘आउँछु दाइ भनेर हिँडेको मान्छे फोन गर्दा एयरपोर्ट पुगेको छु भन्ने खबर आयो ।’ फिल्म हलमा ‘सम्झना बिर्सना’ मुस्किलले चलिरहेको समयमा पूजा भने अष्ट्रेलिया उडेकी छन् ।
दार्जिलिङमा रहेर नेपाली फिल्म निर्माणमा सक्रियता बढाउन तयार निर्माण पक्षले भने जति पारिश्रमिक दिएर पूजाकै आग्रहमा गीत थप्दा र डेट सार्दा समेत फिल्मको प्रचारमा भने जस्तो साथ नपाएपछि निराश बनेका छन् । उनीहरूले व्यावसायिकता फिल्मको व्यापारभन्दा कलाकारको व्यवहार प्रति असन्तुष्ट जनाएका छन् ।
पूजाकै निर्माण तथा अभिनय रहेको फिल्म ‘राम कहानी’ को समयमा दुई पटकसम्म भिसा रिजेक्ट भएको र यसपटक ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा सहभागी हुन् जाने सवालमा ढिला भिसा आएपछि उनी अष्ट्रेलिया पुगेकी हुन । साथै, आकाश र पूजाको व्यक्तिगत झगडाको असर पनि फिल्मलाई परेको गुनासो छ । पूजाले फिल्मका लागि २० लाखको हाराहारीमा पारिश्रमिक बुझेकी थिइन् । त्यस्तै, प्रदर्शनकै साता पनि उनी म्युजिक भिडियोमा छायांकनमा रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
