महानगरपालिकाले बजेटमा एनिमेसनका लागि छुट्यायो पाँच करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ दिएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गरेको अधिकारीहरूको भनाइ छ । एउटै शीर्षकमा यतिधेरै बजेट व्यवस्था गरेकोमा महानगरका कर्मचारी अचम्मित भएका छन् । अधिकांश उच्च तहका कर्मचारीलाई यो बजेट केका लागि हो भन्ने जानकारी भएको पनि पाइएन ।
मेयर साहले सूचना प्रविधि विभागअन्तर्गत सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको यातायात प्रविधि उपक्षेत्रमा यो विषय समावेश गरिएको छ । बजेट तथा कार्यक्रमका १२७१ नम्बरको बुँदामा उक्त विषय समावेश गरिएको छ । बजेट छलफल हुँदा यो विषय समावेश भएको थिएन, अकस्मात बजेटमा उल्लेख भएर आयो-कामपका उच्च अधिकारीले भने ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
