कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने
काठमाडौं । नेपाली कांग्रेसको सोमबारको केन्द्रीय कार्यसमितीले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको जनाइएको छ ।
नेपाली कांग्रेसले चुनावलक्षित विशेष अभियान आगामी भदौ २ देखि २४ गतेसम्म सञ्चालन हुने जनाएको छ । त्यस्तै, उक्त अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।
यसैगरी, बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णय गरेको छ । कांग्रेसले गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने सर्त गरेको छ ।
बैठकले गत स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले दर्जन बढी संघ, संस्थालाई भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता दिएको छ । साथै, कांग्रेसले अवधि सकिएर पनि गठन हुन नभएका संघलाई साउनभित्र गठन गरी पूर्णता दिने भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
