भारतमा उत्खनन रोक्न गएका डीएसपीको टिपरले किचेर हत्या
काठमाडौं । भारतको हरियाणास्थित पचगांवमा अवैद्य उत्खनन रोक्न गएका डीएसपीको हत्या भएको छ ।
बीबीसी हिन्दीले सुरेन्द्र सिंह बिश्नोईको टिपरले किचेर हत्या भएको जनाएको छ । प्रहरीले यस मामिलामा एकजनालाई पक्राउ पनि गरेको छ । प्राप्त भएको पचगांव नजिकको अरावली पहाडमा अवैध उत्खनन भइरहेको सूचनाको आधारमा सिंह मंगलबार दिउँसो १२ बजे एक ड्राइभर र प्रहरीलाई लिएर छापा मार्न पुगेका थिए ।
उनले त्यहाँ पुगेर एउटा सन्दिग्ध टिपरलाई रोकेर आवश्यक कागजपत्र माग गरेका थिए । तर टिपरका चालकले गाडी उनीमाथि चढाएपछि घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
हरियाणा प्रहरीले ट्वीट गर्दै भनेको छ, ‘आफ्नो जिम्मेवारी निर्वाह गर्दैगर्दा डीएसपी सुरेन्द्र सिंहले आफ्नो गुमाएका छन् । हरियाणा प्रहरीको समवेदना पीडित परिवारको साथमा छ । दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राखिनेछैन ।’
मुख्यमन्त्री लाल खट्टरले सिंहलाई शहीदको दर्जा दिइने र परिवारलाई १ करोड भारुको आर्थिक सहायता तथा एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेका छन् । सिंह १९९४ मा एएसआईमा भर्ती भएका थिए । उनी तावडूमा डीएसपी पदमा तैनाथ थिए । उनी चार महिनापछि रिटायर हुन लागेका थिए ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
