रणवीर र आलिया विवाहको ३ महिनापछि हनिमुन जाँदै
एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर ‘शमशेरा’ रिलिजपछि अभिनेत्री एवम् श्रीमती आलिया भट्टसँग एक साता हनिमुनमा जाने भएका छन् ।
उनी विवाहपछि फिल्ममा कामको प्रतिबद्धताका कारण हाल सम्म हनिमुनमा जान सकेका छैनन् । रणवीर ‘शमशेरा’बाट ४ वर्षको लामो ब्रेकपछि ठूलो पर्दामा फर्किएका छन् । कुराकानीका क्रममा उनले फिल्म रिलिजपछि पुनः ब्रेक लिने बताए । उनी अब छिट्टै लव रञ्जनको अनटाइटल्ड रोमान्टिक कमेडी फिल्ममा देखिनेछन् । जहाँ श्रद्धा कपूर पनि मुख्य भूमिकामा देखिनेछिन् ।
त्यस्तै, एक अन्तर्वार्तामा हनिमुनमा किन नगएको भन्ने प्रश्नको जवाफमा उनले भनेका थिए, ‘जब आलिया र मैले अचानक विवाह गर्ने निर्णय गर्यौं, तब हामी दुवैलाई थाहा थियो कि हामीसँग केही कामको प्रतिबद्धता छ । यस्तो अवस्थामा हामीले समय दिन सकेनौं । ‘फिल्म ‘शमशेरा’ रिलिज भएपछि आलिया र म छुट्टी मनाउने योजनामा छौं ।’
विवाहको लगत्तै आलिया हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को सुटिङका लागि लण्डन र रणवीर लव रञ्जनको फिल्मको सुटिङका लागि स्पेन गएका थिए । यी दुईले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । यसअघि, सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटको पहिलो भेटपछि उनीहरु ५ वर्षसम्म प्रेमसम्बन्धमा थिए ।
आलियाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा अस्पतालको तस्बिर शेयर गर्दै दुवै छिट्टै आमाबुवा बन्न लागेको बताएकी छन् ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
