क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा
एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ । योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गत शुक्रबारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन नसकेपछि मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको हो ।
ओक फायर’ नाम दिइएको उक्त डढेलो नियन्त्रणमा अग्नि नियन्त्रकहरु सक्रिय छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । करिब एक दर्जन घरहरु नष्ट भइसकेका छन् ।डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ ।
डढेलो योसेमिटी राष्ट्रिय निकुञ्जको उत्तरपूर्वमा छ । योसेमिटी राष्ट्रिय निकुञ्जलाई संसारकै सबैभन्दा ठूला र सबैभन्दा पुराना केही रेडउड रुखहरुको घरसमेत मानिन्छ । ती रुखहरु यही महिनाको सुरुमा पनि डढेलोको जोखिममा परेका थिए । तर अग्नि नियन्त्रकहरुले त्यो डढेलोबाट रुखहरुलाई जोगाउन सफल भएका थिए ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
