Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ८
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमान्डौंं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका-२ मोतीपुरमा सडक छेउमा रोकिएको बा२१च २९०३ नम्बरको जीपसँग क१प१५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक जुम्लाको तातोपानी गाउँपालिका-१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको हो । सख्त घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स