काठमाडौं । भक्तपुरको सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारी जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।
भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले उक्त दुर्घटनामा १६ जना घाइते भएको जनाए । जसमध्ये ६ जना गम्भीर अवस्था रहेका छन् । घाइते सबै इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा भर्ना भएका छन् ।