रूखले किच्यो डाक्टर बनेर दिन दुःखीको उपचार गरेर खुसी पार्ने लक्ष्य
काठमाडौं । विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका(२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे ।
‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो ।
तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ । आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो । विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्तीर्ण भएपछि एमबिबिएस पढ्ने तयारीमा थिए ।
‘डाक्टर बनेर आफ्नो परिवारलाई मात्रै होइन, देशका दिन दुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,’ खर्बुजाले भने । काठमाडौंबाट भक्तपुर आउने क्रममा भक्तपुरको सल्लाघारीमा गुडिरहेको बारख ३५८४ नम्बरको मिनीबसमाथि अचानक रूख ढलेर बज्रिँदा उनको निधन भएको हो ।
त्यही नै आइपुगेको बा ६१ प ३९७८ नम्बरको स्कुटरमाथि पनि सोही रूख बजियो । रूख ढल्दा दुवै सवारी साधनमा सवार गरी तीन जनाको मृत्यु भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

