शेयर बजारमा ६१ अंकको वृद्धि
काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । मौद्रिक नीति आउने दिन शुक्रबार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अंकले बढेको हो।आइतबार नेप्से परिसूचक ६१।०५ अंकले बढेर २०७८।५१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२ । ०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४।०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४।३९ अंक बढेको छ ।
आइतबार कारोबारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकमसमेत वृद्धि भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ७।२२ प्रतिशतले बढेको छ ।
त्यस्तै, अन्य उपसमूह ६।९३ प्रतिशत, विकास बैंक ५।१ प्रतिशत, माइक्रोफाइनान्स र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार कारोबारमा आएका सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९।६ प्रतिशत बढको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्सको ६ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै २५ लाखभन्दा मुनिको शेयर ऋणमा जोखिमभार १५० बाट घटाएर १ सय कायम गरेको छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
