ग्वार्कोमा ट्क्सीमाथि बस पल्टियो
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ। बा.३ ख ४४४० नम्बरको बस बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किच्दा तीन जना घाइते भएका छन्। माछा बोकेको गाडीलाई ठक्कर दिएर बस पनि दुर्घटनामा परेको हो। यस्तै त्यहिक्रममा मोटरसाइकल पनि दुर्घटनामा परेको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरुको बीएण्डबी अस्तालमा उपचार भइरहेको छ।बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ र मोटरसाइकल चालक पनि घाइते भएका हुन् । बस र ट्याक्सीमा यात्रु भने थिएनन्। बस चालक ५० वर्षीय नकलबहादुर महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

