Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

चलचित्र विकास बोर्डका अध्यक्षमा भुवन, भन्छन् ‘नेपाली फिल्मको लागि शहीद हुन तयार छु’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ११
चलचित्र विकास बोर्डका अध्यक्षमा भुवन, भन्छन् ‘नेपाली फिल्मको लागि शहीद हुन तयार छु’

काठमाडौं । चलचित्र विकास बोर्डकाको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । उनले बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै आफू फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत तयार रहेको बताएका छन् ।

आक्रामक लबजमा सुनिएका उनी धेरै पहिलेदेखि विदेशी फिल्मको नियन्त्रणको विषयमा गम्भीर देखिन्छन् । धेरै पटक उनले विदेशी फिल्मलाई कोटा लगाउनेदेखि नियन्त्रण गर्नेसम्मको अभिव्यक्ति दिंदै आएका छन् ।

कार्यक्रममा उनले भने, ‘मेरो तन, मन, धन र मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि हो । यदि म एक जना भिक्टिम भएर, म एक जना शहीद भएर मेरो चलचित्र क्षेत्र मेरो कलाकारिता क्षेत्र मेरो कलाकार प्राविधिक साथी, मेरो देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुन्छ भनेदेखि बरु म शहीद हुन तयार छु । त्यसकारण म जहाँ पनि जान तयार छु चलचित्र क्षेत्रको लागि ।’

राजनीति नियुक्तिको आधारमा उनी अध्यक्ष पदमा पुगेको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सो जवाफ दिए हुन् । उनले चाँडै गोलमेच सम्मेलन गर्ने र चलचित्रकर्मीको सुझाव संकलन गर्ने योजना रहेको पनि बताए ।

 

Top Changing Nepal

युट्युब सट्स