स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६२ प्रतिशतले बढ्यो, ईपीएस कति?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले प्रकाशित गरेको गत आ.व २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशतले धेरै हो । बैंकले गत वर्षको यही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि ४४.८६ प्रतिशतले बढेको छ भने बैंकको सञ्चालन मुनाफा पनि ६१.५४ प्रतिशतले बढेको हो । यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
यसैगरी, बैंकको समिक्षा अवधिमा प्रतिसेयर आम्दानी अर्थात ईपीएस ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
