सुनसरीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हिजो मंगलबार साँझ भएको उक्त दुर्घटनामा परी धनुषाको बर्दिबास नगरपालिका-६ का २९ वर्षीय बालकृष्ण राना मगरले ज्यान गुमाएका छन् । गम्भिर घाइते भएका उनीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जिपसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
