स्थानीयले बञ्चरेडाँडामा भदौदेखि फोहोर फाल्न नदिने..
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयवासीले सधैंका लागि फोहोर फाल्न नदिने घोषणा गरेका छन् ।
बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले बिहीबार पत्रकार सम्मलेन गर्दै भदौ १ गतेदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो । समितिले महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।
उनले यो विषय समितिद्वारा प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी भइसकेको बताए । सरकारसँग १ भदौदेखि फोहोर फाल्ने भए जम्मा २ वटा मात्रै विकल्प रहेको बारे उनले भने, ‘मानबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउने छ । बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षागर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ ।’
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

