गाउँमा घट्टे खोला पसेपछि २५ घर विस्थापित
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । अविरल वर्षाले घट्टे खोलामा बाढी आएपछि रुकुम पश्चिमका २५ घर विस्थापित भएका छन् ।
कर्णाली प्रदेश प्रहरीले १० गतेदेखि लगातार वर्षा परेपछि आठबीसकोट नगरपालिका वडा नम्बर ७ गाराको घट्टे खोला गाउँमा पसेको जनाएको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा खोलाको उच्च जोखिममा परेका ती परिवारलाई आफन्तको घरमा राखिएको छ ।
आठबीसकोट नगरपालिकाका मेयर रवी केसीले सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर खोलामा मिसिदा घट्टे खोलामा लेदोसहितको बाढी आई गाउँमा पसेको जनाए । बाढीले गाउँको धान, मकै र अन्य खेतीबाली सबै नस्ट गरेको छ ।
प्रदेश प्रहरीले ईलाका प्रहरी कार्यालय आठबीसकोट खटिएको प्रहरी र स्थानिय तहको सम्वन्वयमा जेसीबी लगाएर खोलालाई साबिक ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
