बैतडीमा बञ्चरोको प्रहारले बुवाको हत्या
जानकारी केन्द्र
२०७९, श्रावण, १३
काठमाडौं । बैतडीमा आज बिहान छोराले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेका छन् ।
डिलाशैनी गाउँपालिका-५ शेरामा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन् । डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको जानकारी दिए ।
उनका अनुसार मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका थिए र टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको हो । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले छोरो लोकराजलाई नियन्त्रणमा लिएको जनाए । इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली अनुसन्धान गर्न घटनास्थल पुगेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
