सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो, सर्वसाधारणका लागि कति?
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपपछि सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको हो ।
आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको छ । आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारणका लागि छुट्टाइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्ताका लागि छिटोमा १७ साउन ढिलोमा २७ साउनसम्म आवेदन दिने सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।
यसैगरी, कम्पनीले बाग्लुङ जिल्लाको ताराखोला गाउँंपालिकामा २.५ मेगावट क्षमताको दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन शुरु गरिसकेको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

