कर्णालीका विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा पुर्याउन सम्झौता
काठमाडौं । कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जामार्फत उज्यालो पुर्याउन सहकार्य हुने भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जामार्फत काम गर्ने सहमति भएको हो । ऊर्जा मन्त्री गणेशप्रसाद सिंह र केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । जाजरकोटमा विद्युत् नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य ऊर्जा मार्फत विद्युतीकरण गर्ने सहमति भएको छ ।
योभन्दा अगाडी जाजरकोटका नलगाड, बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ । सौर्य ऊर्जामार्फत १० वर्षसम्म विद्युत् लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जा मार्फत सेवा लिन सकिने अवधारण अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाई निर्देशनसमेत दिए ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

