सरकारद्वारा अमेरिकालाई पठाइयो एसपीपी अघि नबढाउने पत्र
काठमाडौं । नेपाल सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिएका छन् । ६ असार २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । यद्यपि, सरकारले अमेरिकालाई औपचारिक पत्र नपठाएको विषयमा चारैतिर आलोचना भएको थियो ।
परराष्ट्रमन्त्री खड्काले शुक्रबार संसदमा भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’
मन्त्री खड्काले पत्राचार गर्न ढिला गरेको विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट रहेको दाबी गरे । साथै, उनले स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको पनि बताए ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
