धनगढीमा सेवा बन्द गरी विद्युतीय रिक्सा चालक आन्दोलित
काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विद्युतीय रिक्साचालकहरु सेवा बन्द गरी आन्दोलन गरीरहेका छन् ।
यातायात व्यवस्था कार्यालयले विद्युतीय अटो रिक्साचालक अनुमती पत्रको आवेदन नखोल्ने तर ट्राफिक प्रहरीले भने लाइसेन्स नभएको भन्दै ५ सयदेखि १५ सय रुपैयाँ दैनिक जरिवाना काट्न थालेपछि रिक्साचालकहरु आन्दोलित भएका हुन् । चालकहरु धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लाममा राखी विहानैदेखि प्रदर्शनमा छन् ।
विद्युतीय रिक्सा चालक संघका अध्यक्ष मिनराज जोशीले धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने, लाइसेन्स वितरणको प्रक्रियामा जानुपर्ने माग राख्दै आन्दोलन गर्न परेको बताए ।
संघका अध्यक्ष जोशीले माग सम्बोधन नभए अनिश्चितकालीन आन्दोलनका कार्यक्रम ल्याउने समेत चेतावनी दिए । हाल धनगढी उपमहानगरपालिका कार्यालयमा उक्त मागबारे छलफल भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
