अनेरास्ववियुद्वारा त्रिवि सेवा आयोगको ताला खोल्न माग गर्दै प्रदर्शन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालयबाहिर नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै प्रदर्शन गरेको छ ।
आइतबार अनेरास्ववियूले सेवा आयोगको समस्या वार्ता गरी समाधान गर्न र तत्काल ताला खोल्न माग गर्दै प्रदर्शन गरेको हो । नेपाली कांग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीका कारण सेवा आयोगको काम हाल बन्द छ । अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले सेवा आयोगमा ताला लाग्दा प्राध्यापक र सहप्राध्यापकको पूर्वनिर्धारित परीक्षा सञ्चालनको माग गर्दै प्रदर्शन गरेको बताए ।
यसैगरी, सेवा आयोगले त्रिविलाई एमालेको भर्ती केन्द्र बनाउन खोजेको आरोप लगाउँदै पूर्वनिर्धारित परीक्षा स्थगित नगरेसम्म आयोगका अध्यक्ष लालुप्रसाद पौडेललाई कार्यालय प्रवेश गर्न नदिने भन्दै नेविसंघले साउन १३ गते तालाबन्दी गरेको थियो ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत