५० करोड लगानीमा पोखरामा खुल्यो फिस्टेल ड्रिम पार्क
काठमाडौँ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको वाटरपार्क सञ्चालनमा आएको छ । ५० करोड लगानीमा निर्माण भएको अत्याधुनिक फिस्टेल ड्रिमपार्क सञ्चालनमा आएको हो । फिस्टेल ड्रिमपार्कलाई पोखराकै मनोरन्जल केन्द्रका रुपमा स्थापित गराउने उद्देश्यले निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् ।
‘पोखरामा यो स्तरको पार्क पहिलो पटक बनेको हो,’ उनले भने, ‘व्यक्ति वा परिवार आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने इभेन्ट्स हामीसँग उपलब्ध छन् ।’ इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिने गौतमले जानकारी दिए ।
पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । जसमा बालबालिकाका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै, वाटर पार्कको प्याकेज १ हजार दुई सय र ड्राइपार्क प्याकेज ४५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सीमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्नेछ ।
पानीमा खेलिने, गर्मीमा खेलिने खेल मात्र नभई पानी नचाहिने खेल पनि पार्कमा राखिएका छन् । जुनसुकै मौसममा पनि मानिस आएर रमाइलो गर्न सकिने गरी व्यवस्था मिलाउने क्रममा एकै ठाउँमा वाटर र ड्राइ पार्कको परिकल्पना गरिएको गौतम बताउँछन् । ‘कतिपय यस्ता पार्क ६ महिना खुल्ने र ६ महिना बन्द हुने हुन्छ, त्यस्तो नहोस् भनेर हामीले बालबालिकाका लागि छुट्टै इन्डोर गेम राखेका हौँ,’ गौतम थप्छन्, ‘यस पार्कमा जडान गरिएको प्रविधि एवं सामग्री भारत र चीनबाट ल्याइएको हो । ग्राहकको सुरक्षाका लागि हामीले विशेष ध्यान दिएरै गुणस्तरीय सामग्री जडान गरेका छौं ।’
६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेल गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । पार्कमा जान निजीमात्र नभई एयरपोर्टबाट ढुंगेसाहु, सीतापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
