वाणिज्य बैंकहरुको निक्षेप एक सातामा २८ अर्बले घट्यो
जानकारी केन्द्र
२०७९, श्रावण, १७
काठमाडौं। चालू आर्थिक वर्षको सुरुवातदेखि नै वाणिज्य बैंकहरुमा निक्षेप घट्दो क्रममा रहेको छ । चालू आवको पहिलो महिना अर्थात साउनको पहिलो हप्ता ६३ अर्बले घटेको निक्षेप दोस्रो हप्ता पनि २८ अर्ब रुपैयाँले घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
उक्त निक्षेप दोस्रो सातासम्म अर्थात साउन १३ गतेसम्म आइपुग्दा २८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सिमित बनेको हो । यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । साउन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।उक्त कर्जा प्रवाह एक अर्ब रुपैयाँले घटेर साउन १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा सिमित बनेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
