वाणिज्य बैंकहरुको निक्षेप एक सातामा २८ अर्बले घट्यो
जानकारी केन्द्र
२०७९, श्रावण, १७
काठमाडौं। चालू आर्थिक वर्षको सुरुवातदेखि नै वाणिज्य बैंकहरुमा निक्षेप घट्दो क्रममा रहेको छ । चालू आवको पहिलो महिना अर्थात साउनको पहिलो हप्ता ६३ अर्बले घटेको निक्षेप दोस्रो हप्ता पनि २८ अर्ब रुपैयाँले घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
उक्त निक्षेप दोस्रो सातासम्म अर्थात साउन १३ गतेसम्म आइपुग्दा २८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सिमित बनेको हो । यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । साउन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।उक्त कर्जा प्रवाह एक अर्ब रुपैयाँले घटेर साउन १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा सिमित बनेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

