• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ ३०, २०८२
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा

कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न

जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो

टिचिङ अस्पताल पुगेर कुलमानले भेटे घाइते र मृतकका परिवार

श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप

आजको मौसमः गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

भक्तपुर–धुलिखेल सडक विस्तारको प्रक्रिया थालियो

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया थालिएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) थालेको छ । आयोजनाले डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको जनाएको छ । उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने भएको हो । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर थालिएको आयोजनाका डिभिजन इञ्जिनियर शम्भुप्रसाद आचार्यले जानकारी दिए । “सडकको डिजाइनको काम भइरहेको छ, डिपिआर र डिजाइनको काम सकेलगत्तै बोलपत्रको प्रक्रियामा जानेछौँ”, उनले भने । उनका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि चालु आर्थिक वर्षमा रु ७० करोड बजेट विनियोजन भएको छ । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना बहुवर्षीय हो ।

६ लेनको डिजाइन हुने उक्त सडक निर्माणको काम सरकारले गर्ने भएको हो । सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैंले निर्माण गर्ने जनाउँदै आइएको थियो । उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० ले नगर्ने बताइसकेको छ ।

“बोलपत्र आव्हानपछि जाइकाले चासो दिए मात्रै हो, उसले सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम नगर्ने बताइसकेको छ” उनले भने । उक्त सडक करिब १६ किलोमिटर दूरीको छ । यसमध्ये काभ्रेमा १० र भक्तपुरमा छ किलोमिटर लम्बाइको पर्दछ । विस्तारका क्रममा निर्माण हुने छ लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस लेन हुनेछ भने छ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने जनाइएको छ । भक्तपुर र काभ्रेको सीमाक्षेत्र साँगामा प्रस्तावित एक दशमलब २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारेसमेत छलफल भइरहेको समेत जनाइएको छ ।

सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको डिभिजन इञ्जिनीयर आचार्यले बताए । उनका अनुसार दुई लेनको सुरुङ मार्गमा सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्नेछ । आयोजनाका लागि प्रारम्भिक अध्ययनबाट करिब रु सात अर्बको बोलपत्र लाग्नसक्ने सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार १२ वर्ष पहिले तीनकुने–सूर्यबिनायक सडक विस्तार गरेको जाइकाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि आयोजनाको ‘डिजाइन’ गर्दा सुरुङ मार्गबाहेक उक्त परिमाणको रकम लाग्नसक्ने अनुमान गरेको थियो । “आयोजना सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्नेछ” उनले भने ।

जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेस गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको काम गर्न नसक्ने जनाएको थियो । त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैं निर्माण गर्ने जनाउँदै आएको हो । सरकारले आर्थिक वर्ष २०७७र७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो ।

डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रुख कटान लगायतको काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो । सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्य पहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौं आउजाउ गर्दछन् । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने
    बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो
    टिचिङ अस्पताल पुगेर कुलमानले भेटे घाइते र मृतकका परिवार

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा

    कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न

    जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

    बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
    • कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न
    • जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने
    • बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो
    • टिचिङ अस्पताल पुगेर कुलमानले भेटे घाइते र मृतकका परिवार

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.