आज सूर्या लाइफको विशेष साधारणसभा,ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सँग मर्जरको प्रस्ताव पारित गर्ने
काठमाडौं। सूर्या लाइफले आज विशेष साधारणसभा गर्दैछ । कम्पनीले गत जेठ १२ गते ज्योति लाइफसँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । कम्पनीको असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको ३२० औ बैठकले साउन १९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।कम्पनीले होटल हैरिसन प्यालेस बजरंगबलीमार्ग विराटनगरमा सभा आह्वान गरेको छ ।
नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्त गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय अनुमोदनका लागि यो विशेष साधारणसभा आह्वान गरिएको कम्पनीले जनाएको छ ।
यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई स्वीकृतिका लागि सभामा पेश गर्ने भएको छ । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्का लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्नेछ ।
कम्पनीको सम्पत्ती तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ती तथा दायित्व मूल्याङ्कन कार्य गर्नका लागि संचालक समितिबाट मूल्याङ्कनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी भएको निर्णय अनुमोदनका लागि सभामा पेश गरिनेछ ।
एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्त गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमाङ्की मूल्याङ्कनका लागि परामर्शदाता, मूल्याङ्कनकर्ता लगायत कानुनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा गर्नुपर्ने सम्पुर्ण आवश्यक कार्य एवं प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमवजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्नेरगाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्य अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
