• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • १६ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • १६ घण्टा 

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
  • २० घण्टा 

क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक
  • २० घण्टा 

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग
  • २३ घण्टा 

अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
  • २३ घण्टा 

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

  • २. अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

  • ३. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

  • ५. पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

  • ६. एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल

  • ७. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

  • ८. माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ९. काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

  • १०. MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोड पुग्यो

admin २०७९, श्रावण, १९

काठमाडौं । एनएमबि बैंकको नाफामा खुद ब्याज आम्दानीसँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा उच्च वृद्धि भएको छ ।

बैंकले बिहीबार आ।व २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आ.व २०७७/०७८ मा २ अर्ब ७१ करोड ११ लाख रुपैयाँ खुद मुनाफा कमाएको बैंकले गत आ.व.मा ३६.५३ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आ.व.मा खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड २२ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनबाट ४८ करोड ४३ लाख राइटब्याक गरेको छ ।

बैंकले कर्जा लगानी १६.४१ प्रतिशतले विस्तार गरी १ खर्ब ७५ अर्ब ७८ करोड ८१ लाख पुर्‍याएको छ । त्यस्तै, निक्षेप १२.३७ प्रतिशतले बढाएर १ खर्ब ८४ अर्ब ८२ करोड ८९० लाख रुपैयाँ पुगेको छ । कर्जा बढेसँगै बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर अर्थात स्प्रेड दर पनि बढेको देखिएको छ । जसकारण, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ ।

बैंकको खुद सञ्चलान आम्दानी पनि ३०.६४ प्रतिशतले बढेर ९ अर्ब १८ करोड ९३ लाख पुगेको छ । यससँगै, सञ्चालन मुनाफा पनि बढेको छ । बैंकको कर्मचारी खर्च २४.४५ प्रतिशतले बढेर २ अर्ब ६० करोडमाथि पुगेको छ । खुद सञ्चालन आम्दानीमा भएको सुधारले कर्मचारी खर्च बढे पनि बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशतले बढेर ५ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकले गत आ.व.मा १२.५ प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १६ अर्ब ३१ करोड ५९ लाखबाट १८ अर्ब ३६ करोड ६७ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा २ अर्ब ३९ करोड २४ लाख र जगेडा कोषमा ६ अर्ब ४४ करोड ८६ लाख छ । साथै, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसाबाट बढेर २० रुपैयाँ १४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ पनि १४६.६६ रुपैयाँबाट बढेर १४८.१४ रुपैयाँ रहेको छ ।

बैंकको कोषको लागत बढेसँगै बेसरेट ६.९९ प्रतिशतबाट ९.३८ प्रतिशत पुगेको छ । निष्कृय कर्जा २.२७ प्रतिशतबाट १.३३ प्रतिशतमा झरेको छ र बैंकको कर्जा–निक्षेप अनुपात ८५.५५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

ताजा

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.