कृषि विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो
काठमाडौं । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आ.व २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यद्यपि, खुद ब्याज आम्दानी बढे पनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ ।
आ.व २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको नाफा गत आ.व.को तुलनामा २३.७४ प्रतिशतले घटेको हो । गत आ.व.मा खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड ७७ लाख पुगेको छ । बैंकले कर्जा लगानी १८.५४ प्रतिशतले विस्तार गरी १ खर्ब ७८ अर्ब ५१ करोड ४८ लाख पुर्याएको छ । साथै, निक्षेप २.२६ प्रतिशतले बढाएर १ खर्ब ६६ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुर्याएको छ । बैंकको खुद ब्याज र कर्जा विस्तार आर्जन दुवै बढेको छ ।
अघिल्लो आ.व.मा ९९ करोड ४३ लाख खुद ट्रेडिङ आम्दानी गत आ.व.मा २६ करोड २५ लाखको घाटा रहेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानी घटेको छ । अघिल्लो आ.वमा ९ अर्ब ७५ करोड ७१ लाख रहेको बैंकको खुद सञ्चालन आम्दानी गत आ.व.मा ८ अर्ब ८५ करोड ६७ लाख पुगेको छ । यसरी बैंकको सञ्चालन नाफा घटेको छ ।
यसैगरी, बैंकको कर्मचारी खर्च ०.५५ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ९६ लाख रहेको छ । सञ्चालन मुनाफा भने १८.२५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आ.वमा २० प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १० अर्ब ९८ करोड ९९ लाखबाट १३ अर्ब १८ करोड ७९ लाख पुर्याएको छ । बैंकको सञ्चित कोषमा ३ अर्ब ९० करोड ७० लाख र जगेडा कोषमा ११ अर्ब २२ करोड २० लाख रुपैयाँ रहेको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी २४.२८ रुपैयाँबाट घटेर १७.९३ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँबाट घटेर २१२.२५ रुपैयाँमा झरेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा छ ।
बैंकको कोषको लागत बढेसँगै बेसरेट ७.१३ प्रतिशतबाट ८.९० प्रतिशत पुगेको छ । यस्तै निष्किय कर्जा १.८८ प्रतिशतबाट १.६८ प्रतिशतमा झरेको छ । यस्तै बैंकको कर्जा–निक्षेप अनुपात ८९.१७ प्रतिशत छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

