पत्नीमाथि र पतिमाथि पतिको पत्नी अधिकार कति
काठमान्डौ । विवाह र परिवार समाजको महत्वपूर्ण संस्था हो । समयानुकूल यी संस्थाहरु मजबुत पनि हुन्छन् र कमजोर पनि हुन्छन् ।
मानव समाजको विकाससँगै परिवार र विवाह जस्ता संस्थाहरु पनि स्थापित भए । आधुनिकीकरणसँगै यी संस्थाहरु परिवर्तित मात्र भएनन् कमजोर पनि हुनथाले ।
परिवार संयुक्तबाट एकलतर्फ जानथाले । तीन चार पुस्ता एउटै परिवारमा बस्ने परम्परामा परिवर्तन आउन थाल्यो । बस्नै आएको थालथलो छाडेर बसाईंसराईंको प्रचलनले दम्पत्तिमात्र साथ बस्ने अवस्था विकास भएको छ ।विवाह मागी नै हुन्थ्यो । अचेल प्रेम विवाह धेरै हुनथालेको छ । विवाहमा नयाँ पुस्ताको इच्छा र चासो पनि कम हुनथालेको छ ।
विवाह नै कमजोर हुँदै गएको छ । पारपाचुकेका घटना बढेबाट यो बुझ्न सकिन्छ ।अर्कोतर्फ, पतिको अधिकार पत्नीमाथि बढी हुने सोचमा परिवर्तन हुनथालेको छ । पत्नीले पतिले आफूमाथि अधिकार जमाउन खोजेको स्वीकार्न छाडेका छन् । उनीहरु सम्बन्धलाई एक अर्कामाथि अधिकारभन्दा विश्वासको हो भन्ने मान्यतामा चल्न थालेका छन् ।
वास्तवमा पति पत्नीबीचको सम्बन्ध विश्वासको हो । एकले अर्कामाथि अधिकार जमाउन खोज्नु अहिलेको युगमा समस्या निम्त्याउनु सरह भएको छ ।पछिल्लो समयमा लगातार केही घटनाहरु घटेका छन् जसमा पतिले अन्य पुरुषसँगको सम्बन्धको आशंकामा पत्नीको हत्या गरे । चितवनमा एक पुरुषले पत्नीको हत्या गरी आत्महत्या गरे । काठमाडौंको काभ्रेस्थलीमा पतिले पत्नीमात्र नभई छोराछोरीको समेत हत्या गरेर आत्महत्या गरे । दुवै घटनाहरुमा पतिले पत्नीमाथि अन्य पुरुषसँगको सम्बन्धको आशंका गरेको खुलेको छ ।
शंकाको भरमा कुनै महिलामाथि हिंसा गर्नु कानूनी र सामाजिक दृष्टिकोणले अपराध हो । अर्कोतर्फ, कुनै महिलाको शरीरमाथि उनकै अधिकार हुन्छ । जसरी कुनै पुरुषको शरीरमाथि उनकै अधिकार हुन्छ । तापनि हाम्रो संस्कारले विश्वासलाई महत्व दिएको छ । सम्बन्धहरु विश्वास र विवेकले चल्ने हो । सम्बन्ध दबाब र धम्कीले चल्न सक्दैन अहिलेको युगमा । कुनैपनि महिला या पुरुष वैवाहिक सम्बन्ध बाहिर सम्बन्धहरुमा लागेकै हो भने पनि हिंसा तथा हत्याका घटनालाई मान्यता दिने उपयुक्त हुन सक्दैन ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

