“राप्रपालाई एमालेको पुच्छर भन्ने हो भने गठबन्धनका पाँच पार्टी क-कसका पुच्छर हुन् ?”
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले आगामी संघीय र प्रदेश निर्वाचनमा गठबन्धनका लागि नेकपा एमालेसँग छलफल चलिरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “कांग्रेससहितको पाँच पार्टीको गठबन्धन भएकाले अरु पार्टीहरूबीच पनि तालमेल गर्नुपर्ने आवश्यकता छ । नेकपा एमालेसँग हाम्रो छलफल भइरहेको छ । दुई पार्टीका नेतागण बसेर सिट बाँडफाँटको कुरा हुन्छ ।”
राप्रपाले आफ्नो आदर्श, मूल्य र मान्यता छाडेर कसैसँग सम्झौता नगर्ने पनि उनले औंल्याए । राणाले थपे, “राप्रपा प्रजातान्त्रिक पार्टी हो । यसले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा बोकेको छ । हामीले आफ्नो आदर्श, नीति, र मान्यता छाड्ने कुरा आउँदैन । आधारभूत कुरा विसर्जन गरेर सम्झौता गर्ने कुरै छैन । एमालेसँग सहकार्य गर्दैमा हामीलाई उसको पुच्छर भन्न मिल्दैन ।
त्यसो भन्ने हो भने गठबन्धनका पाँच पार्टीले पाँचतिर तालमेल गरेका छन् । उनीहरु क(कसका पुच्छर हुन् त रु”
संघीयता असफल भैसकेकाले यसको विकल्प खोज्नुपर्ने राणाले औंल्याए । उनले थपे, “संघीयता नेताहरुले कुम्ल्याउने भाँडो भइसक्यो । अब त्यसलाई फाल्ने कि नफाल्ने रु संघीयताले देशै डुबाउने अवस्था छ ।
हामी भ्रष्टाचार विरोधी हौं । हामीले भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो भनेका छौं । हिन्दुलाई मन्दिरमा, मुसलमानलाई मस्जिदमा लगेर कसम खुवाएका हौं ।”
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

