• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ बैशाख २०८३, शुक्रबार
११ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह
  • १९ घण्टा 

२०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
  • २१ घण्टा 

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा
  • २२ घण्टा 

Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life
  • २३ घण्टा 

साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी
  • २३ घण्टा 

नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित
  • २३ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?
  • १ दिन 

रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

  • ३. दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

  • ४. छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

  • ५. गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

  • ६. २०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

  • ७. नबिल बैँकद्धारा १६ स्थानमा सिपमूलक वित्तिय साक्षरता र उद्यमशीलता विकास तालिम सञ्चालन

  • ८. वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

  • ९. २०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. २०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

टाउको काट्ने र काटिनेहरुबीच कसरी सहमति हुन्छ रु यो चरम अवसरवादी गठबन्धन हो स: डा. दिनेश त्रिपाठी

admin २०७९, श्रावण, २१

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा । दिनेश त्रिपाठीले पनि जनताले अब सक्षम र योग्य उम्मेद्धवारलाई निर्वाचित गर्नुपर्ने बेला आएको भन्दै यो अवसरलाई सही सदूपयोग गर्न आग्रह गरेका छन् । उनले भने,‘चुनावको मिति घोषणा भएको छ, योसँगै, चुनाव भनेको लोकतन्त्रमा महापर्व हो । सार्वभौमसत्ता अभ्यास गर्ने माध्यम हो । ०४६ सालदेखि हामीले अहिलेसम्म एउटै अनुहार देखेका छौं । निरन्तर त्यही व्यक्ति आएको छ । अबको निर्वाचनमा भ्रष्ट व्यक्तिलाई सवक सिकाउनुपर्छ । अहिले जनताको हातमा शक्ति आएको छ । जनतलो विवेकसंगत् रुपमा आफ्नो मत प्रयोग गर्नुपर्छ । जसको ट्रयाक रेकर्ड राम्रो छ, उसलाई अवसर दिनुपर्छ ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मुलुक कुशासन र भ्रष्टाचारको दुश्चक्रमा फसिसकेको टिप्पणी गरे । उनले भने,‘निर्वाचनको घोषणा गरिएको छ, यो सरकार कामचलाउ भैसकेको छ । अब संसद्लाई बिदा गरिनुपर्छ । चुनाव निश्पक्ष रुपमा सम्पन्न गर । आउने सरकारमाथि अब यो सरकारले कुनै बोझ थुपार्न पाउँदैन् । नियुक्ती पनि गर्न पाउनुहुँदैन् । आज हरेक सार्वजनिक पद बिक्रीमा छन् । लोकतन्त्रको नाममा उपहास भएको छ ।’

त्रिपाठीले अर्थमन्त्री जनार्दन शर्माको कर प्रकरणबारे पनि कडा आपत्ति जनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बोल्दै उनले भने,‘राज्यले नचिनेको व्यक्तिले करको हेरफेर गर्छ, राति संविधान र कानूनले नचिनेको व्यक्तिलाई बोलाउँछ । अनि त्यही व्यक्तिलाई फेरि अर्थमन्त्रमिा लिईन्छ । यो राष्ट्रसँग गरिएको गम्भीर धोका र अपराध हो । अब निर्वाचनको मिति घोषणा भएको छ । यो संसद् विदा हुनुपर्छ । अब संसद्ले नयाँ कानून र बजेट बनाउनुपर्दैन भने, अर्को पाँच महिनासम्म किन यसलाई कायम राख्ने रु कि सांसदलाई भत्ता खुवाउनको लागि मात्रै राख्ने ?’

उनले गरिब राष्ट्र भनेको गरिव परिवारजस्तै हुने भन्दै देशलाई सही दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिए । प्रमुख निर्वाचन आयुक्तले संसद्को अवधि २०७९ मंसिर २१ गतेसम्म हुन्छ भनेर बोलेको भन्दै आपत्ति पनि जनाए । उनले भने,‘यो उहाँको हाँस्यस्पद अभिव्यक्ति हो । उहाँ त खटनपटनमा हिँड्ने व्यक्ति हो । संसद कायम रहन्छ भने सरकार कसरी कामचलाउ हुन्छ रु सरकारसँग दीर्घकालिन निर्णय लिने म्याण्डेट छैन् ।’

उनले लोकतन्त्र भनेको समानताको पनि विषय भएको उल्लेख गरे । उनले भने,‘यो निर्वाचनको कुरा गर्दा, अहिले गठबन्धनको बारेमा पनि कुरा आएको छ । जनतालाई क्लियरकट च्वाईस दिनुपर्छ । अहिलेको गठबन्धनले क्लियर च्वाइस दियो त रु यो गठबन्धनसँग कुनै सिद्धान्त छैन् । हिजो टाउको काट्ने र काटिनेहरुबीच कसरी सहमति हुन्छ ? यो चरम अवसरवादी गठबन्धन हो । लोकतन्त्रमा सिण्डिकेट गर्न पाईँदैन् ।’

उनले नेपालमा लगानीबिना अत्यधिक नाफा दिने उद्योग नै राजनीति भएको पनि व्यंग्य कसे । उनले भने,‘व्यापारीसँग भन्दा बढि पैसा नेतासँग छ । नेपालमा त व्यापारीसँग भएको पैसा पनि नेताहरुको हो । व्यापारीहरुको ईतिहास हेर्नुहोस न, सबै कुरा थाहा भैहाल्छ नि।’

उनले अरवौं पैसा विदेशमा लुकाउने काम भएको पनि आरोप लगाए । उनले भने,‘त्यही व्यक्तिले आजको पोलिटिक्स कब्जा गरेका छन् । सफल राज्यमा उद्योगपतिले पैसा कमाउँछन्, र राज्यलाई कर तिर्छन् । असफल राज्यमा राजनीतिज्ञले पैसा कमाउँछन् । स्थानीय तहको निर्वाचनमा कस्ता मान्छे आए रु मानव बेचविखन गर्नेहरु, लागुऔषध कारोबार गर्नेहरुले जिते ।’

उनले २०४६ सालदेअि अहिलेसम्म सत्तामा आएकाहरुको सम्पत्ति जाँचबुझ गर्नुपर्ने पनि माग गरे । उनले भने,‘यसको लागि ट्रुथ कमिसन बनाउनुपर्छ । नेपालको लोकतन्त्र यस्तो लोकन्त्त्र हो, जहाँ नीतिग भ्रष्टाचार हुन्छ । स्टेटले आँफै करप्सन गर्न थालेपछि कसरी देश बन्छ ?’

क्लबका सभापति ऋषि धमलाले भ्रष्टाचार अन्त्य नगर्नेलाई मत नदिने योजना ल्याएको र देशव्यापी रुपमा यो अभियान लिएर जाने घोषणा गरे । उनले भने,‘ मैले देशबाट भ्रष्टाचार समाप्त पार्नुपर्छ भन्ने एजेण्डा ल्याएको छु, यो अभियान लिएर देशव्यापी रुपमा जानेछु । भ्रष्टाचारीलाई पार्लियामेन्टमा उपस्थित नै हुन दिनुहुँदैन् । यसको साथै, भावी प्रधानमन्त्री कसलाई बनाउने भन्ने मेरो अर्को अभियान छ । म चुनावको मुखमा अब यो अभियान लिएरपनि देशव्यापी रुपमा बहस कार्यक्रममा उत्रिनेछु । लोकतन्त्रमा दलीय व्यवस्थाको विकल्प छैन् । दलको विकल्प भनेको नै दल हो ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

ताजा

कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

२०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.