• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्मचारीलाई उच्च मनोबल दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उन्नाइसौँ निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

‘सरकारको सबैभन्दा नजिकको संयन्त्रको रूपमा सरकारलाई नीति र कार्यक्रमको तर्जुमादेखि कार्यान्वयनसम्मका चरणमा निजामती सेवाले महत्वपूर्ण सहयोग पुयाउँदै आएको छ । यसका लागि म सबै राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उन्नाइसौँ निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको छ ।

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । सोही दिनको स्मरणमा विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइएको छ । राष्ट्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपालको निजामती सेवाको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेको समयमा समेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिँदै मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रसेवकले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास लिएका छन् । ‘निजामती प्रशासनले विभिन्न चुनौतीहरूका बाबजुद निरन्तर देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको छ । समयको परिवर्तनसँगै निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माणको कार्यलाई गति दिनुपर्ने खाँचो छ’, शुभकामना सन्देशमा उल्लेख छ ।

निजामती सेवा राष्ट्रको दर्पण भएकाले यसको सुधारविना राष्ट्रिय समृद्धिको सपना अधुरै रहने उल्लेख गर्दै उनले निजामती सेवाको समग्र सुधार र विकास नगरी मुलुकले गति लिन नसक्ने बताए । यस तथ्यलाई मनन गरी सरकारले निजामती सेवामा समसामयिक सुधार गरी सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहमा कार्यरत कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन विभिन्न प्रयासहरू गरिरहेको उनले जनाएका छन् ।

राष्ट्रको समय विकास, समृद्धि र सुशासनका लागि तथा नेपाली जनताका चाहना र आवश्यकतालाई पूरा गर्नेगरी आगामी दिनमा अझ बढी उत्प्रेरित भई काम गर्न दिवसका अवसरमा प्रधानमन्त्री देउवाले सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गरेका छन् । निजामती दिवसले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पणभावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा प्रदान गरोस् भन्दै उनले दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    • २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
    • नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.