काठमाडौं । कपिलवस्तुको बुद्धभुमी नगरपालिका – २ पानीधारामा हिजो चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका १३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन्। हिजो बेलुका सवा ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडी सवार उनकै ४८ वर्षीया भाउजू राधा भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।





