• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

तरकारी खेतीले किसानको बदलियो जीवन

म्याङुलुङ । तेह्रथुमको लालीगुराँस नगरपालिका – ५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष रु पाँच लाख आम्दानी लिने लक्ष्य उनले लिएका छन् ।

उनले मकैखेतीबाट घर व्यवहार चलाउन धौधौ परेपछि तरकारी खेती रोजेको हो । त्यसमा पनि उनले राम्रो आम्दानी गर्न सकिने भएकाले आफ्नो बारीमा बन्दाकोबी लगाएका छन् । उनले यस वर्ष रु छ लाख आम्दानी गर्ने लक्ष्य लिएका छन् ।

“पहिले हामी परम्परागत खेती गर्थे, मकै पाक्न पनि झण्डै सात महिना लाथ्यो, एक कमाइ नै पर्खेर बस्नुपथ्र्यो”, उनले भने, “तर तरकारी खेतीबाट एक वर्षमा तीनपटकसम्म कमाइ सजिलै गर्न सकिन्छ, यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।”

अर्का किसान पृथ्वीबहादुर भट्टराई विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । भट्टराईले तरकारी बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाख बढी आम्दानी लिँदै आएका छन् । उनका लागि आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ ।

“गाउँ तरकारी खेतीले बाह्रैमास हरियाली हुन्छ, कुनै–कुनै वर्ष तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई”, उनी भन्छन्, “बजारको समस्या छैन, अन्न बालीले हाम्रो श्रम र मेहेनत नै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौँ, तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहजमात्रै बनेको छ ।”

बस्नेत र भट्टराईजस्तै यहाँका किसानले तरकारी खेतीबाटै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । यहाँका किसानले एक रोपनीदेखि २० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

समय–समयमा बन्दामा लाग्ने रोग किराको प्रकोपले किसानलाई सताउने गरेको छ । बारीमा रोपेको केही समयपछि लाग्ने पात तथा डाँठ कुहिने रोगले प्रत्येक वर्ष किसान हैरान छन् । यस क्षेत्रमा सधैँ मल बीउको भने समस्या हुँदै आएको किसान उमेश खड्काको भनाइ छ ।

सरकारले धनकुटाको छ थर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, तेह्रथुमको लालीगुराँस र म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकालाई तरकारीको जोन क्षेत्र भन्ने गरेको छ । समयमै मल र बीउ नपाउँदा हैरानी व्यहोर्नुपरेको खड्काको दुःखेसो छ ।

यो क्षेत्रमा काउली, बन्दा, मुला, गाँजर, आलु, मोटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानमा निर्यात हुँदै आएको छ ।

यस क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी भारतीय बजार सिलगुढी र कोलकतासम्म पुग्ने गरेको छ । तेह्रथुमको वसन्तपुर, सुङनाम, फुलेक, हमरजुङ, आङदिम, सङ्खुवासभाको तामाफोक र धनकुटाको मूर्तिढुङ्गा, मारेककटहरे, परेवादिन, सान्ने, पाख्रीबास, भिरगाउँ, तेलियालगायतका सडक दायाँबायाँ गाउँका किसानले उत्पादन गरेको बन्दा बारीबाट काटेको दिन नै भारतीय बजारमा पुग्ने गरेको सिंधुवा बजारस्थित कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए ।

तेह्रथुमसहित धनकुटा र सङ«खुवासभाका ३० हजार बढी किसान व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । गुरुङका अनुसार बन्दाको खेतीमा लागेका किसानको सङ्ख्या पनि १५ हजार नाघेको छ । परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानको आर्थिक स्रोत नै तरकारी खेती बन्दै आएको छ ।

गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती पनि फस्टाएको छ भने किसानलाई बजारसम्म पु¥याउन पनि सहज भएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने
    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    • नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने
    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.