छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । सुनसरी, कपिलवस्तु, इलाम र चितवनमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानीमा प्रदेश नं।१–०४–००१ प ८१३८ नम्बरको मोटरसाइकल को।१ च ७१८६ नम्बरको पिकअपमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका–२ बस्ने २० वर्षीय धिरज मण्डलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारास्थित सडकमा लु।२९ प ४०४३ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्घाखाँची शितगंगा नगरपालिका–१३ बस्ने २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । इलामको रोङ गाउँपालिका–४ भालुझोडामा मे।१ क ६५४ नम्बरको मिनी ट्रकलाई ओभरटेक गर्ने क्रममा मे।४ प ८३५५ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्योदय नगरपालिका–४ बस्ने ३९ वर्षीय रत्न कुमार थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा ना।४६ प ३७९३ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
