• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ७ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २१ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २१ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २२ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • २४ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

धादिङबेँसीमा खानेपानी समस्या स् ऐचोपैँचोमै चलाईँदै

जानकारी केन्द्र २०७९, भाद्र, २२

मलेखु । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेँसीकी अम्बिका भट्टले मङ्गलबार छिमेकीसँग एक बाल्टी खानेपानी पैँचो मागिन् । उनले पानी मागेर चलाएको पहिलोपटक भने होइन । उनी भन्छिन्, “सदरमुकाममा बसेको भन्नु मात्रै हो, पानी पैँचो मागेर चलाउनु हाम्रा लागि सामान्य भइसक्योे । कहिले तल्लो घर त कहिले माथिल्लो घर, ऐचोपैँचोमै चलिरहेकै छु । ”

उनको घरमा पानी रिजर्भ गर्ने ट्याङ्की तीन ढलानमाथि छतमा छ । ट्याङ्कीमा पानी नचढेको वर्षौँ बित्यो । “विसं २०६२ मा घर बनाउँदा धाराकै पानीले घर ढलान गरियो, छेलोखेलो पानी पुग्थ्यो । विसं २०७० सम्म पनि जेनतेन पानीले धानेकै थियो”, उनी भन्छिन्, “पाँच–छ वर्षदेखि खानेपानीको साह्रै दुःख छ ।”

जिल्ला सदरमुकाम धादिङबेँसीका अधिकांश घरका छतमा पानी चढ्दैन । प्रायः सबैले भुइँतलामै सानोसानो धारो राखेका छन् । ठूला घर भएकाले मोटर चलाएर जसोजसो पानी छतमा पु¥याएका छन् । केहीले त मिटरमै पनि नजोडी पाइप लाइनबाट सिधै पानी थाप्छन् ।

भर्खर भर्खर नयाँ घर बनाएकाहरुले भुइट्याङ्की बनाएका छन् । भुइँट्याङ्की राख्नेहरुले बाहिर छुटाउदैन । मोटर नचलाउने र भुइँट्याङ्की नहाल्नेहरूले बाहिरै बोत्तलमा पानी भर्ने गरेका छन् । “बाहिरबाट डाइरेक्ट मोटर प्रयोग गरेर पानी तान्दा अरु घरमा पानी झर्दैन, बाहिर छुटाएर भरेको छिमेकीको घरमा मागेर पानी चलाउने र आफ्नो भरेको बेला पैँचो फिर्ता दिने चलन छ”, नीलकण्ठ नगरपालिका पुछारबजारका अनुप कोइरालाले भने ।

अहिले घरभित्र पानी चढ्दैन । बाहिर बोत्तल ढल्काएर पानी थाप्नुपर्छ । त्यो पनि कहिले मध्यरातमा त कहिले–कहिले बिहान ५ बजे । ट्याङ्कीले नधानेको बेला जुन कुनै बेला पानी छोड्ने गरेको छ ।

खानेपानी उपभोक्ता समिति र कर्मचारीकै कमजोरीले पनि समस्या जटिल बन्दै गएको उपभोक्ताले गुनासो गरेका छन् । कसको घरमा पानी बाहिरैबाट थाप्छ, कसको घरमा मिटर प्रयोग गर्छ कडाइका साथ अनुगमन गरेर भएको पानी व्यवस्थापन गर्ने हो भने पनि केहीसम्म समस्या समाधान हुनसक्ने उपभोक्ताले नै बताएका छन् । खानेपानी पाइपको विस्तार तथा पानी वितरण वैज्ञानिक ढङ्गबाट हुन नसक्दा ट्याङ्कीमा पानी हुँदा पनि खानेपानीको समस्या हुँदै आएको छ । खानेपानीको मुहानमा पानीको समस्या नभए पनि वर्षाँै पुरानै पाइप लाइनबाट खानेपानी वितरण गर्दा बढ्दो जनसङ्ख्याको चाप पानीले धान्न नसकेको हो ।

नीलकण्ठ –३ जिल्लाकै सदरमुकाम हो । यहाँ अहिले साना–ठूला तीन हजार घरमा २० हजारभन्दा धेरैको बसोबास छ । एकाधबाहेक सबै सरकारी कार्यालय सदरमुकाममै छ । धादिङबेँसी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अनुसार दैनिक ५० लाख लिटर पानीको माग छ । तर २५ लाख लिटरमात्रै पानी वितरण हुँदै आएको उपभोक्ता समितिका व्यवस्थापक रमेश पौडेलले जानकारी दिए ।

धादिङबेँसीमा खानेपानी अभाव बर्सेनि बढ्दै गएको छ । वर्षाँै पुरानो पाइप लाइनबाट आएको पानीले बढ्दो जनसङ्ख्याको चाप थेग्न नसकेको हो । सदरमुकामबाट आठ किलोमिटर टाढा नीलकण्ठ–२ को सातमुले र ६ किलोमिटर टाढा केराबारीको मूलबाट पानी ल्याइएको छ । विसं २०३५ मा पाँच सय जनाको लागि स्टमेट गरेर ल्याइएको पानीले नै अहिलेसम्म सदरमुकामवासीको तिर्खा मेटाउँदै आएको छ । सदरमुकाममा तीन हजार बढी घर छ । २० हजार बढी जनसङ्ख्या छन् । “बढ्दो जनसङ्ख्या र वर्षाँै पुरानो खानेपानीको क्षमता विस्तार नहुँदा उपभोक्ता समितिलाई सदरमुकाम धादिङबेँसीमा मागअनुसारको खानेपानी आपूर्ति गर्न चुनौती थपिएको हो”, उनले भने ।

विसं २०५६ देखि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । २०६२ मा नौ सय घरधुरीलाई पुग्ने गरी सुधार विस्तार गरियो । “२५ वर्षअघि अनुमानको भरमा ‘स्टमेट’ गरेर ल्याइएको खानेपानीले धानेन भन्नु लाजमर्दो कुरा हो”, नीलकण्ठ –३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो, “यसअघिको राजनीतिक खिचातानीले नै सदरमुकाममा अहिले पानीको समस्या जटिल बनेको हो ।”

कोही बालबच्चा पढाउन त कोही रोजगारीको सिलसिलामा सदुमुकाममा कोठा भाडामा बस्छन् । घर भाडामा बस्नेहरु झनै पानीको बढी मारमा छन् । धारोमा आउने पानीले घरबेटीलाई नै नपुग्ने भएकाले भाडामा बस्नेहरू अझ बढी पानीको समस्यामा छन् ।

जलवायु परिवर्तन र मुहान आसपासको वनजङ्गल विनाश हुँदा नजिकका धारो कुवा पनि सुक्न थालेपछि बजारवासी थप समस्यामा परेका छन् । भलबाढी र पहिराले कहिले पाइप लाइन त कहिले ट्याङ्कीमै क्षति प¥याउँदा बजारवासीले विगतका वर्षभन्दा यस वर्ष झनै खानेपानी सङ्कट परेको छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
बसको ठक्करबाट एक पैदलयात्रीको निधन

ताजा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.