अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी, दैनिक १ लाख ब्यारेल उत्पादन कटौती गरिँदै
काठमाडौं । तेल उत्पादक तथा वितरक मुलुकहरुको संगठन ओपेक प्लसले आगामी अक्टोबरदेखि दैनिक १ लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको ओपेक प्लसको बैठकले आगामी महिनादेखि उत्पादनको लक्ष्यमा प्रतिदिन १ लाख ब्यारेल कटौती गर्ने निर्णय गर्दै आवश्यक परेका बेला ओपेक प्लस र गैरओपेक मुलुकको मन्त्रिस्तरीय बैठक बोलाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा घट्दै गएको कच्चा तेलको भाउलाई स्थिर राख्ने लक्ष्यस्वरुप ओपेक प्लसले उत्पादन घटाउने लक्ष्य लिएको हो । सेप्टेम्बर महिनामा भने अगस्टको तुलनामा प्रतिदिन १ लाख ब्यारेल नै उत्पादन थपिएको थियो । त्यहीं परिमाण अक्टोबरमा कटौती हुने भएको हो ।
यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने घट्ने क्रम जारी छ । मंगलबार १२:४० बजेसम्म डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५.६९ डलरमा झरेको छ भने ब्रेन्ट कच्चा तेलको ९१.७५ र मुर्बान तेल प्रतिब्यारेल ९४.४० डलरमा झरेको छ । अघिल्लो दिनको तुलनामा डब्लूटीआई, ब्रेन्ट र मुर्बान तेलको मूल्य क्रमशस् १.४, १.२ र २.६६ प्रतिशतले कम हो । प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा तेलको मूल्य साढे ३ महिनामै झण्डै ४० डलरले घट्नुलाई ठूलो गिरावट मानिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाल आयल निगमलाई पनि भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँछ । आयल निगमले सोअनुसार यहाँ मूल्य समायोजन गर्नुपर्दछ । यद्यपि पछिल्लो पटक निगमले आफ्नो पहिलेको घाटा देखाउँदै घट्दा मूल्य नघटाउने तर बढ्दा बढाउने गरेको छ । कच्चा तेलको मूल्य घटेमा यहाँ पनि डिजेल तथा पेट्रोलको भाउ घट्न गइ समग्र महँगी नियन्त्रणमा समेत सघाउ पुग्नेछ । कच्चा तेलको मूल्य घट्नु नेपालको समग्र अर्थव्यवस्थाका लागि फाइदा हुनु हो ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
