गाँजाको बोटबाट बनेको घरमा रिसोर्ट सञ्चालन
काठमाडौं । गाँजाको बोटको प्रयोग गरेर निर्माण गरिएको २२ वटा कोठा भएको चार तल्ले घरमा रिसोर्ट सञ्चालन गर्न थालिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङमा गोपाल लामाले निर्माण गरेको उक्त घरमा याङ्ग्रीमा इको लज सञ्चालनमा आएको हो। इटा वा ढुङ्गा प्रयोग गरेको घर भन्दा सस्तो र टिकाउ हुनुका साथै गाँजाको बोट प्रयोग गरि निर्माण गरिएको घर कार्बन न्यूनीकरणमा पनि सहयोगी हुने रिसोर्टका सञ्चालक गोपाल लामाको दाबी छ।
गाँजाका बोटले वातावरणमा भएको कार्बन सोसेर भण्डारण गर्ने भएकोले यसले वायुमण्डलमा भएको कार्बन घटाउन मद्दत गर्दछ। आगलागीबाट समेत सुरक्षीत हुने सो घरको गाँजाको बोटको भित्ताले इन्सुलेसन’को काम समेत गर्दछ। हरेक वर्ष हिउँदमा तीन फिटसम्म बाक्लो हिउँ पर्ने शेर्माथाङमा बाहिर हिउँ परिरहेको बेला समेत यो घरभित्र सामान्य कपडा लगाएर बस्न सकिने लामाको दाबी छ।
यस्ता घर बाक्लो भित्ता हुनेगरी बनाइएको र गाँजाको बोट र चुना प्रयोग गरिएको कारण यो आफैं न्यानो पनि हुने भएकोले दम, वाथजस्ता रोग लागेका मान्छेलाई समेत यो घर उपयुक्त हुने उनी बताउँछन्। त्यस्ता रोगीलाई सिमेन्ट घरको केमिकलले पनि असर गर्छ, तर गाँजाको बोटबाट बनेको घरमा कुनै रासायनिक पदार्थ नहुने भएकोले यो ज्यादै उपयोगी हुने गोपालको भनाइ छ।
चार तल्ला अग्लो उक्त घरमा शौचालय र बाथरुमबाहेक २२ कोठा रहेका छन्। घरको पिलर, बीम, ढलान, पार्टेसन र भर्याङ आरसिसि ९कंक्रिट० मोडलबाट बनाइएको भएपनि घरको बाहिरी भित्तामा भने गाँजाका डाँठ प्रयोग गरिएको छ। गाँजाको डाँठमा चुनाको घोल बनाई फर्मा बनाएर शेरवाल लगाए जसरी उक्त पर्खाल लगाइएको छ। सो घर निर्माणमा आवश्यक १२ टन गाँजाका डाँठ बझाङबाट ल्याइएको हो।
बझाङमा उत्पादन भएको गाँजाको बोटबाट गाँउपालिकको रोहवरमा लागुपदार्थजन्य मानिने सामग्री हटाएर त्यहीँ नष्ट गरि गाँउपालिकाले लागुपदार्थ नभएको किटानी दिएपछि सोही सिफारिसका आधारमा जनकपुरमा ल्याएर सो डाँठलाई मेसिनको सहायताबाट टुक्रा गरिएको थियो। गाँजाको डाँठका टुक्रामा घोल्ने १६ टन चुना भने भारतको जयपुरबाट ल्याइएको हो। नेपालमा पाइने चुनामा मिसावट भएको फेला परेपछि त्यसबाट सोचे जस्तो फाइदा नहुने भएको र भारतबाट राम्रो चुना झिकाइएको उनले बताए।
गाँजाको डाँठ मिसाएर बनाइएको घर सिमेन्टको भन्दा बढी टिक्ने गोपालले बताए। घरको आयु धेरै हुनुमा चुना सिमेन्टभन्दा टिकाउ हुनु पनि हो। सोही चुनाले डाँठको आयु पनि बढाउँछ। गोपालले सो घर व्यवसायिक प्रयोजनका निम्ति बनाएका हुन्। घरको तीन वटा तलामा होटल तथा लज सञ्चालन भइरहेको छ । चौथो तल्ला उनले आफ्नै प्रयोगको लागि सुरक्षीत राखेका छन्।दुई करोड पचास लाखभन्दा बढी लगानीमा बनेको घरलाई उनले व्यवसायिक रुप दिएका हुन्। पर्यटकीय क्षेत्र हेलम्बुमा जुन जुलाइ बाहेकका सबैजसो समयमा पर्यटकहरु आउने गर्दछन्। पहिले पहिले विदेशी पर्यटकले मात्रै भ्रमण गर्ने सो स्थान अहिले नेपाली पर्यटकको रोजाइमा समेत पर्न थालेको छ।
गोपालले सो घरमा सञ्चालित रिसोर्टको आम्दानी पनि सामाजिक सेवामा खर्च गर्ने गरेका छन्। सो होटलमा भएको आम्दानी हेलम्बु क्षेत्रमै शिक्षा, युवा र विपद्को क्षेत्रमा काम गरिरहेको जस्ट नेपाल फाउण्डेसन नामक गैरसरकारी संस्था मार्फत सामाजिक काममा खर्च हुने गरेको छ। कोभिड महामारीको विषम परिस्थितीमा व्यापार नहुँदै पनि रिसोर्टको नाफाबाट २ लाख ५० रुपैयाँ फाउण्डेसनलाई सहयोग गरेको गोपालले बताए।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
