चक्कु आक्रमण गरेर १० जनाको ज्यान लिने दोस्रो संदिग्धको प्रहरी हिरासतमा मृत्यु
काठमाडौँ । क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा आइतवार धेरै मानिसहरूलाई छुरा प्रहार गर्ने दोस्रो संदिग्ध आक्रमणकारी मिल्स स्यान्डरसनको पनि मृत्यु भएको छ । सहायक पुलिस कमिश्नर रोन्डा ब्ल्याकमोरले सास्काचेवानमा हिरासतमा लिँदा उनलाई उपचार आवश्यक रहेको बताइन्। तर उनले मिल्स स्यान्डरसनको मृत्युको कारणबारे थप केही खुलाउन अस्वीकार गरिन् ।
पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने उनले बताइन् । तर, अर्का एक अधिकारीले चोटका कारण मृत्यु भएको आफूलाई लागेको सञ्चारमाध्यमलाई बताए । यसअघि यी घटनामा संलग्न डेमियन स्यान्डरसनको शव हमलाको एक दिनपछि एउटा घरमा भेटिएको थियो । डेमियन मिल्स स्यान्डसेर्नका दाजु थिए।
प्रहरीका अनुसार स्यान्डरसन मिल्सलाई बुधबार सास्काचेवान प्रान्तको रोस्टरनबाट स्थानीय समय अनुसार दिउँसो ३।३० बजे पक्राउ गरिएको हो । प्रहरीका अनुसार मिल्सविरुद्ध वर्षौंदेखि कैयौं आपराधिक मुद्दा दर्ता छन् । हिंसाको इतिहास भए पनि जनताले उनलाई जेलबाट रिहा गर्ने निर्णयमा प्रश्न उठाउँदै आलोचना गरिरहेका छन् ।
आइतबार विभिन्न १३ स्थानमा भएका आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । घाइतेमध्ये १० जना अझै अस्पतालमा छन् । जसमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

