काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला आठ सय रुपैयाँ बढेको हो । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।




