• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ बैशाख २०८३, आइतबार
१३ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • ८ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • ९ घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • १२ घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १४ घण्टा 

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

२०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन
  • १ दिन 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • २. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ३. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • ६. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • ७. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • ८. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

दृष्टिविहीन आमाको भरमा ‘सात छोरी’

जानकारी केन्द्र २०७९, भाद्र, २३

रामेछाप । दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक च्यात्दै चकटी बुनिरहेकी चमेलीको आफ्नै कथा छ । परबाट हेर्दा आँखा देखेजसरी हातको काम गरिरहेको देखे पनि चमेलीले देख्न छाडेको १५ वर्ष भइसक्यो । उनको पूरा नाम भने चमेली मगर हो ।

मन्थली नगरपालिका–९ पुराना गाउँकी ४० वर्षीया चमेलीको दुवै आँखा बन्द छन् । आँखा नदेखे पनि उनलाई हेरचाह गर्ने कोही छैनन् । उल्टै उनी आफ्ना सात छोरीको हेरचाहमा खटिरहेकी छन् ।

छोरीहरूलाई पढाउने, घरव्यवहार धान्ने सबै जिम्मा चमेलीकै थाप्लोमा छ । हुन त, उनका आठ छोरी हुन् । जेठी छोरीको भने विवाह भइसक्यो । अझै सात छोरीको लालनपालन, पठनपाठनलगायत जिम्मेवारी उनकै काँधमा छ ।

माइली र साइली छोरी जुम्ल्याहा हुन् । उनीहरू १२ कक्षामा पढ्छन् । काइँली आठ, ठाइँली ६, अन्तरी पाँच, जन्तरी तीन र कान्छी एक कक्षामा पढ्छन् । आँखा बन्द भएपछि जन्मिएका हुन्, उनका थप चार छोरी ।

‘मेरो आँखामा पहिलेदेखि नै समस्या नभएको भने होइन, सानै उमेरदेखि बारम्बार धमिलो देख्ने, टाढाको वस्तु नदेख्ने समस्या थियो,’ सानी छोरी सुम्सुम्याउँदै चमेली भन्छिन्, ‘तर १५ वर्षअघि चौथो छोरी जन्मिएपछि भने दुवै आँखाको ज्योति गुम्यो । मेरा आँखा बन्द भए । दिनरात मेरा लागि केही फरक भएन ।’

आँखा उपचारका लागि चमेलीका श्रीमान् अम्बरबहादुर ठाडामगरले कोसिस नै नगरेका भने होइनन् । चमेलीका अनुसार श्रीमानले बलबुत्ताले भ्याएसम्म आँखा उपचारका लागि कोसिस गरे । थाहा पाएसम्मका अस्पताल लगे । सम्पति होउन्जेल खर्च गरे । ठाउँठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पु¥याउन भ्याए । तर, अम्बरबहादुरको सत्प्रयास सफल भएन । अन्ततः चमेलीले आँखाको ज्योति गुमाउनुप¥यो ।

आँखा नदेख्ने समस्यासँगै चमेलीको जीवनमा अर्को बज्रपात थपियो । उनले जीवनसाथी सदाका लागि गुमाइन् । अनि, बेसाहारा बनिन् । श्रीमान् बितेकोसमेत देख्न पाइनन् । मात्रै महसुस गर्न सकिनँ ।

‘श्रीमान् नै गुमाएपछि संसार हेर्ने इच्छा हरायो, जिन्दगीमा खुसीका दिन सकिएजस्तै भयो,’ भावुक बन्दै चमेलीले सुनाइन्, ‘आँखाको ज्योति गुमाउँदाभन्दा जीवनसाथी गुमाउँदाको पीडा असह्य हुने रहेछ ।’

अब उनलाई एउटै सुर्ताले सताउँथ्यो, ‘साना छोरीलाई कसरी हुर्काउने रु कसरी पढाउने रु के खुवाउने रु आफू नै आँखा नदेख्ने, त्यसमाथि सात÷सात छोरीको लालनपालन र पठनपाठनका जिम्मेवारी कसरी सम्हाल्ने रु’

सुरुसुरुमा त छिमेकीले धेरै सहयोग गरे । तर, सहयोग भन्ने कुरा कहाँ सधैं हुन्छ र रु सबैले आआफ्नो घर व्यवहार चलाउनैप¥यो । छोरीलाई खुवाउनै समस्या पर्न थाल्यो, चमेलीलाई । अझ पढाउन लाग्ने थप खर्च, औषधि उपचार खर्च आदि–इत्यादि त छँदै थिए ।

चमेलीलाई समस्यासँगै बाध्यताले पनि जगड्यो । त्यसपछि उनले घर खर्च चलाउन हाते काम सुरु गरिन् । मकैको खोस्टा तथा बिस्कुट अनि चाउचाउको प्लास्टिकबाट चकटी बनाउन थालिन् । पराल–खरको डाला बुन्न थालिन् । बाख्रा तथा भैंसी बाँध्ने दाम्लो, नाम्ले पनि बाट्न थालिन् । त्यही बेचेर उनले खरखाँचो टार्ने मेसो बनाइन् । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

ताजा

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.