१ हजार विद्यार्थी र १ सय ५१ विद्यालय बस चालक कारबाहीमा
काठमाडौं । विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् ।
निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही शुरू गरेको हो ।
कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमतिपत्र नबोकेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीलेसवारी चालक अनुमतिपत्र नबोकिकन मोटरसाइकलक चलाएका थिए ।
प्रहरीले दुई दर्जनभन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने गरेका थिए । बिहान साढे ५ देखि साढे ७ बजेसम्म भएको चेकजाचमा ट्राफिक प्रहरी कार्यालयले झण्डै ५० विद्यालयका १ सय ५१ जना बस चालकलाई कारबाही गरेको प्रवक्ता एसएसपी भट्टले बताए ।
तीमध्ये ३३ जना मादक पदार्थ सेवनमा, १० जना क्षमताभन्दा बढी विद्यार्थी चढाएकोमा कारबाहीमा परेका थिए भने साइड लाइट नबलेको, पुरानो सवारीसाधन चलाएको लगायतको कसुरमा १ सय ८ गरी चालक पक्राउ परेका छन् ।
ट्राफिक प्रहरीले नियमविपरीत बस सञ्चालन गरेको आरोपमा विद्यालय सञ्चालकलाई पनि सोधपुछ गरेको छ । यसअघि खासै चोकजाँच नभएका विद्यालय बस चालक र विद्यार्थी सवार मोटरसाइकलले विकृति बढाएको सूचना पाएपछि ट्राफिक कार्यालयले कारबाही शुरू गरेको हो । एक महिनाअघि प्याब्सन र एन प्याब्सनका अधिकारीसँग भएको बैठकमा विद्यार्थीले चलाएको सवारी र विद्यालयले सञ्चालन गरेको बसको चेकजाँच गर्ने सहमति भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
