• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

‘सुक्खा बन्दरगाह’मा भोटको राजनीति

जानकारी केन्द्र २०७९, भाद्र, २३

कञ्चनपुर । जबजब चुनाव आउँछ, तबतब सुदूरपश्चिमस्थित कञ्चनपुरको ‘सुक्खा बन्दरगाह’ चर्चामा आउँछ । उसो त दोधारा–चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको चर्चा एक दशक अगावैको हो । बेलाबखतमा मुलुकको केन्द्रीय राजनीतिमा दख्खल राख्नेहरूले यो विषयलाई आफ्नो भाषणमा समेट्छन् ।

उनीहरूले ‘सुक्खा बन्दरगाह’ आफ्नो विकासे एजेन्डा भएको दाबी गर्दै जनतालाई चाँडै निर्माण थालिने समेत बताउँछन् । तर, नेताहरूले भनेजस्तो निर्माणको कार्य भने अहिलेसम्म शुरू हुनै सकेको छैन । नेताहरूले सो क्षेत्रमा पटक–पटक सम्भाव्यता अध्ययनदेखि स्थलगत अनुगमनसम्म गरेर फर्किन्छन् । तर, सुक्खा बन्दरगाह निर्माणमा अहिलेसम्म ठोस प्रगति नभएको त्यहाँका स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार ‘सुक्खा बन्दरगाह’ केवल नेताहरूको भोट बैंकका रूपमा मात्र सीमित बन्न पुगेको छ । स्थानीय निर्वाचन होस् या संसदीय चुनाव जहिल्यै नेताहरूले सुक्खा बन्दरगाहका नाममा भोटको राजनीति गर्ने गरेको स्थानीयको भनाइ छ ।

सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषयलाई सम्बोधन गर्दै आएको छ । तर, अहिलेसम्म सम्भाव्यता अध्ययनबाहेक प्रगति भएको छैन । सम्भाव्यता अध्ययनसँगै वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको दाबी गरिए पनि यसले पूर्णतासमेत पाएको छैन ।

कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण गर्ने भन्दै सुदूरपश्चिमका शीर्ष नेतालगायका पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीसम्म पटकपटक पुगेर अनुगमन मात्रै गरेर जाने गरेको दोधारा–चाँदनीका स्थानीय धर्मसिंह विष्ट बताउन्छन् ।
नेताहरूले सुक्खा बन्दगाह मात्र होइन दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलाई पनि भोट बैंककै रूपमा उपयोग गरिरहेको स्थानीयको गुनासो छ ।

केही समयअघि नेपालस्थित भारतीय दूतावास र इन्टरमोडल यातायात विकास समितिको संयुक्त टोलीले सुक्खा बन्दरगाह निर्माण हुने भनिएको दोधारा–चाँदनी नगरपालिका–१ को मायापुरी र गौरीशंकर सामुदायिक वनको स्थलगत निरीक्षण गरेको थियो । टोलीले जमिनको अवस्थादेखि भारतसँगको पहुँचलगायतका विषयमा जानकारी लिने काम गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.