चीनको प्रतिस्पर्धामा नेपाली चिया
काठमाडौ । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच) का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा ९टी कम्पिटिसन०मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो ।
“नेपाली चियाका १६ वटा नमुना आज विहिबार पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उनले भने । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग लिने भएको हो ।
चीनले नेपाली चिया लिने सहमति जनाएपछि मात्र प्रतिस्पर्धामा भाग लिने कुरा तय भएको हो । प्रतिस्पर्धामा नेपालको चियाले आफ्नो पहिचान स्थापित गरेपछि चीन निर्यात गर्न झन् सजिलो हुने उनको भनाई छ ।
यो प्रतिस्पर्धामा भाग लिएपछि दुई देशका व्यापारीबीच छलफल गराउने कार्यक्रम पनि तय भएको छ तर छलफलको मिति भने तय भएको छैन । व्यापारीसँग छलफल गरिसकेपछि चीनमा नेपाली चिया प्रदर्शनी गर्ने तयारी बोर्डको छ ।
बोर्डका प्रवक्ता एवं निर्देशक डा दीपक खनालले नेपालको चिया चीन पठाउने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको बताए । बोर्ड तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिबीच यस विषयमा नियमित छलफल भइरहेको छ ।
साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेको चीन भ्रमणका क्रममा समकक्षीसँग नेपालको चियाबारे आयात–निर्यातबारे सहमति भएको थियो । उक्त भ्रमणपछि काठमाडौंमा नेपाली र चिनियाँ दूतावासका अधिकारीबीच पटक–पटक छलफल भएर यसबारे धेरै पक्षमा सहमति भइसकेको छ । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
