अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित धादिङ गल्छी नगरपालिका-२ बस्ने ३१ वर्षीय चित्र बहादुर राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग।२ ख ५५२ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका संचालक धनपति सुवेदीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १ सय ३० मिलिग्राम र सोही नगरपालिका-५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, भिमफेदी गाउँपालिका-१ बागझोराबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६० किलोग्राम सहित चितवन भरतपुर महानगरपालिका-१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा-२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेपछि बागझोराबाट कारलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो । साथै कारमा सवार हाल फरार अन्य १ जनाको प्रहरीले
खोजी गरिरहेको छ।
उदयपुर, लिम्चुङबुङ गाउँपालिका(३ बाराहाबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लिमचुङबुङबाट खटिएकोप्रहरीलाई देख्नासाथ स।५ प २९२६ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपछि मोटरसाइकलमा लोड गरी ल्याएको अवस्थामा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । फरार मानिसको खोजी भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
